शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

समुन्द्र र अन्तरिक्ष पनि हाम्रो होः ओली

समुन्द्र र अन्तरिक्ष पनि हाम्रो होः ओली

चितवन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्ष नेपालको भएको दाबी गरेका छन् । साना भूउपग्रह यसअघि नै पठाइसकिएको भन्दै उनले अब ठूलो भूउपग्रह पठाउने बताए ।
चितवनमा जारी आफ्नो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब देशका कामहरू स्याटलाइटको माध्यमबाट हुने बताए । “सानो भूउपग्रह पठाइसक्यो । अब ठूलो पठाउँछौँ, अब अन्तरिक्ष पनि हाम्रो हो, दाबी गर्छौं,” उनले भने । आफ्नो सरकारले अन्तरिक्षमा ठाउँ सुरक्षित गरेको पनि उनले बताए । “समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो,” उनले भने ।