शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भान्जाले गरे मामाको हत्या

भान्जाले गरे मामाको हत्या

काठमाडौं
आफ्नै मामाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । दुई दिन अघि साँझ चन्द्रागिरी नगरपालिका–५ किसिपिडी बस्ने ३९ वर्षी राजु पुलामी मगरलाई उनीसँगै बस्ने धादिङ थाक्रे गाउँपालिका–४ स्थायी घर भएका १९ वर्षीय मिलन लुङगेनी मगरले कुटपिट गरी हत्या गरेका थिए ।
कुटपिटपछि मिलन फरार भएका थिए । भने राजुको भने उपचारको क्रममा हिजो मृत्यु भएको थियो । मिलनलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले धादिङबाट पक्राउ गरीएको हो ।