बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा

६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा

काठमाडौं
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बजारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ ।
सोमबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को असार मसान्तसम्म विभिन्न दरका गरी कुल ५ खर्ब ८८ अर्ब ६ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०७८ असार मसान्तसम्ममा यस्तो नोट १६।२३ प्रतिशतले वृद्धि भई ६ खर्ब ८३ अर्ब ५० करोड बराबर पुगेको बैंकले जनाएको छ ।