शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम अशुल

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम अशुल

मोरङ
सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङ रहेका छन् । उनलाई प्रहरीले शुक्रबार विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट पक्राउ गरेको हो ।
उनले उक्त गेट क्षेत्रमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।