शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कोटेश्वरको जुवाखालमा प्रहरीको छापा

कोटेश्वरको जुवाखालमा प्रहरीको छापा

काठमाडौं
काठमाडौं महानरगपालिका–३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा प्रहरीले छापा मारेको छ । कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा ईश्वर लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५८ हजार ६ सय ३० रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।