शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बलात्कार आरोपमा प्रभु साह पक्राउ

बलात्कार आरोपमा प्रभु साह पक्राउ

काठमाडौं
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जीराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीका अभिभावक उपचारको क्रममा वीरगंज गएको अवस्थामा र स–साना भाइबहिनीहरू मात्र भएको मौका छोपी कानुले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको हो । सूचना पाउन साथ तत्काल खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।