शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

काठमाडौंमा पार्किङ गरि राखिएको टिपरभित्र बालिकामाथि सामूहिक बलात्कार

काठमाडौंमा पार्किङ गरि राखिएको टिपरभित्र बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं
काठमाडौंमा एक १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दक्षिणकाली नगरपालिकामा पार्किङ गरिराखेको टिपरभित्र दुई जनाले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीले बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुनषा घर भई दक्षिणकाली नगरपालिका–६ बस्ने २२ वर्षीय जीतबहादुर बुढाथोकी र एक अर्का युवक छन् । अर्का युवकको नाम भने खुलाइएको छैन । उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

बालिकाकामाथि बलात्कार भएको खबर पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय फर्पिङबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।