शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

२५ किलो चरेससहित एक महिला पक्राउ

२५ किलो चरेससहित एक महिला पक्राउ

बझाङ
जिल्लाको डुग्रीबजारबाट २५ किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्। सदरमुकाम चैनपुर नजिकैको डुग्रीबजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।