शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

घरको बरण्डामा महिलाको शव फेला, हत्याको आशंका

घरको बरण्डामा महिलाको शव फेला, हत्याको आशंका

महोत्तरी
जिल्लाको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार मृतकको टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको छ । पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका छन् । महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।