शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

युरेनियम बेच्न हिँडेका तीन जना समातिए

युरेनियम बेच्न हिँडेका तीन जना समातिए

काठमाडौं
प्रति केजी दुई करोड रुपैयाँ मुल्य तोकिएको युरेनियमको अवैध कारोबारमा संलग्न तीन जना समातिएका छन् । अपराध महाशाखाको विशेष टोलीले उनीहरुलाई बालाजुको एक गेष्ट हाउसबाट समातेको हो ।
गोप्य सूचनाको आधारमा उनीहरु समातिएको महाशाखाले जनाएको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर–६ घर भई हाल मनमैजु बस्ने प्रदिप घिमिरे, बिदुर–२ घर भई हाल मनमैजु बस्ने राजेन्द्र परियार र काठमाडौं तारकेश्वर फुटुङ् बस्ने रंजित कार्की रहेका छन् । उनीहरुको साथबाट उक्त टोलीले १२ सय ग्राम युरेनियम समेत बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ ।