आइतबार २७ असोज, २०८१ | Sunday, October 13, 2024

निर्मला हत्या काण्डः धेरै टोलीबाट अनुसन्धान, नतिजा अझै रहस्यमय

निर्मला हत्या काण्डः धेरै टोलीबाट अनुसन्धान, नतिजा अझै रहस्यमय

काठमाडौं
बहु चर्चित काण्डको रुपमा परिचित निर्मला पन्त हत्या काण्ड अझै रहस्यमय छ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष नागिसकेको छ । ०७५ साउन १० गते बलात्कारपछि निर्मलाको हत्या भएको थियो ।

उनीको हत्याको अनुसन्धान गर्न विभिन्न अनुसन्धान टोली समेत बन्यो । प्रतिवेदन सार्वजनिक भयो । तर अझै पनि हत्या आरोपित पत्ता नलाग्द घटना थप रहस्यमय बनेको छ । यस घटनाले धेरै समय सडक तातिए, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत बहस भयो ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको टोली, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी टोली कञ्चनपुरमा खटिइसकेका छन्

हुन त अनुसन्धान टोलीहरुले ठोस निष्कर्ष निकाल्न नसकेपछि अनुसन्धानको सुई पुरानै अभियुक्त दिलिपसिंह विष्टतिरै सोझ्याउने प्रयास पनि प्रहरीको उच्च स्रोतबाट भइरहेको छ । तर, अनुसन्धान अधिकृतहरुले ‘विज्ञानलाई चुनौति दिने’ आँट गर्न सकिरहेका छैनन् । किनभने, डीएनए परीक्षणबाट दिलिपसिंह बिष्ट थुनामुक्त भएको अवस्था छ ।