शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

१४ ग्राम ब्राउन सुगरसहित आले मगर पक्राउ

१४ ग्राम ब्राउन सुगरसहित आले मगर पक्राउ

झापा
जिल्लाको मेचीनगर–४ राईसिङबाट १४ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने ३७ वर्षीय सम्बर बहादुर आले मगर पक्राउ परेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एके ६०९९ नम्बरको मोटसाइकललाई प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।