शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रहरी नै सुन तस्करीमा संलग्न, विमानस्थलबाट प्रहरी जवान समातिए

प्रहरी नै सुन तस्करीमा संलग्न, विमानस्थलबाट प्रहरी जवान समातिए

काठमाडौं
सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेका छन् ।

विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो। कडाइ भएपछि सुन पास गराउन सहयोगी भूमिका जवान केसीले गरेको पाइएपछि पक्राउ गरिएको भट्टराईले बताए।

उनलाई शनिबार पक्राउ गरिएको हो। विदेशबाट आएका यात्रुको सुनसमेत जवान केसीले बोकेको सीसी टीभी फुटेजमा देखिएको भन्सार कार्यालयले जनाएको छ। सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।