शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

६९ लाख बढी रकमसहित २२ वर्षीय युवक पक्राउ

६९ लाख बढी रकमसहित २२ वर्षीय युवक पक्राउ

काठमाडौं
प्रहरीले काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट एक युवकलाई स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ । सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा फेला परेको थियो । उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।