शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सर्भिसिङ गर्न लागिएको मोटरसाइकलमा भेटियो ३ ग्राम बढी खैरो हिरोइनः दुई जना पक्राउ

सर्भिसिङ गर्न लागिएको मोटरसाइकलमा भेटियो ३ ग्राम बढी खैरो हिरोइनः दुई जना पक्राउ

पर्सा,
वीरगंज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजमा मर्मत गर्न लागेको ना ५६ प ५४१७ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन भेटिएको छ ।

प्रहरीले जाँच गर्दा टेंकीभित्र प्लाष्टिकले बेरी राखेको अवस्थामा उक्त लागु औषध बरामद गरेको हो । मोटरसाइकल धनि सोही महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र सोही महानगरपालिका–१२ बस्ने २१ वर्षीय सहजाद मन्सुरीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।