शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अफिमसहित दुई जना भारतीय झापाबाट पक्राउ

अफिमसहित दुई जना भारतीय झापाबाट पक्राउ

झापा
जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ । ११ ग्राम अवैध लागूऔषध अफिमसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत पंजाब फ्रोजपुर घर भएका २५ वर्षीय केयर सिंह र भारत पंजाब जिल्ला मौगा घर भएका २५ वर्षीय सुखजित सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खैनी राख्ने बट्टाभित्र लुकाई ल्याउँदै गरेको अबस्थामा अफिमसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।