शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

रामचन्द्र र शशांकको समर्थन शेखर कोइरालाको प्यानललाई

रामचन्द्र र शशांकको समर्थन शेखर कोइरालाको प्यानललाई

काठमडौं
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा शशांक कोइरालाले डा शेखर कोइरालाको प्यानललाई समर्थन गरेका छन् । शेखरको नेतृत्वमा बनेको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । सभापतिको उम्मेद्वार दावी गर्दै आएका बीपी पुत्र शशांकले यसअघि नै शेखरलाई साथ दिने संकेत गरेका थिए ।

तर सभापतिको साझा उम्मेद्वार बनाउने प्रयत्न भइरहँदा शशांक प्रष्ट बोलेका थिएनन् । संस्थापन इतर समूहबाट शेखर र प्रकाशमान सिंह दुवै सभापतिको उम्मेद्वार बन्ने भएपछि शशांकले शेखरलाई समर्थन गरेका छन् ।

वरिष्ठ नेता पौडेलले पनि शेखरलाई समर्थन गरेका छन् । पौडेल निकट नेताहरुलाई पदाधिकारीमा समेट्दै शेखरले प्यानल बनाएका छन् ।