फेरी अर्काे युट्युवर पक्राउ, कारण यस्तो
काठमाडौं
प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
कालीकोटको साबिक नानिकोट गाविस वडा–९ हाल पचाल झरना गाउँपालिका–९ स्थायी ठेगाना भइ काठमाडौंको बुढानीलकण्ठ–९ मा बस्दै आएका २१ वर्षीय भरतबहादुर तिरुवालाई ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
प्रतिक्रिया