शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस महाधिवेशनः आज मतदान

कांग्रेस महाधिवेशनः आज मतदान

काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ। सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन्।

आज बिहान ८ बजेदेखि मतदान सुरू हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन्।

भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ भने मत खसाल्नका लागि एक हजार एक सय बुथ तयार गरिएका छन्।महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्ने देखिएको छ।