शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस महाधिवेशनः मतदान गर्ने समय ९ बजेसम्म

कांग्रेस महाधिवेशनः मतदान गर्ने समय ९ बजेसम्म

काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ९ बजेसम्म थप गरेको हो ।

नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि सोमबार मध्यान्ह १२ बजेदेखि मतदान सुरु भएको थियो । महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

मतदान गर्न एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।