शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पार्टी अझै संकटमुक्त भइसकेको छैनः रामचन्द्र पौडेल

पार्टी अझै संकटमुक्त भइसकेको छैनः रामचन्द्र पौडेल

काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अझै पनि संकटमुक्त भइनसकेको जनाएका छन्। मंगलबार विहान महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना गरेका पौडेलले सम्बोधन गर्दै सभापति चयनका लागि भएको निर्वाचनमा स्पष्ट निर्णय नआएको बताए।

आफूले राजनीतिक कारणले नभइ साथीहरुसँग आमनेसामने हुनका लागि चियापान आयोजना गरेको पौडेलको भनाइ थियो। ‘राजनीतिक उदेश्य होइन। साथीहरु र मेरो बीचको आत्मियता र घनिष्ठतालाई निरन्तरतालाई अझ निकट बनाउन यो चियापान गरेको हो’ उनले भने।