शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान दिउँसो साढे ३ देखि

कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान दिउँसो साढे ३ देखि

काठमाडौं
नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ । दिउँसो साढे ३ बजेदेखि मतदान सुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।
निर्वाचन समितिको आज बिहान बसेको बैठकले दिउँसो ३ः३० देखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरेको समिति सदस्य तेज रावलले जानकारी दिए । अब मतपत्र छाप्न सुरु हुने उनले बताए । मतदानपछि मतगणना सुरु गरिने र नतिजा पनि आजै सार्वजनिक हुने उनले बताए ।
पहिलो चरणको चुनावमा कुनै पनि उमेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि मात्रै दोस्रो चरणको निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा धेरै मत ल्याउने दुई उमेदवारबीच मात्र प्रतिष्पर्धा हुनेछ । अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।