शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस सभापतिको मतगणना १० बजेदेखि

कांग्रेस सभापतिको मतगणना १० बजेदेखि

काठमाडौं
नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतदानको मतगणना राति १० बजेदेखि हुने भएको छ। नेपाली कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा सुरेश आचार्यले दिएको जानकारी अनुसार राति १० बजेदेखि मतगणना गरिने छ।

भोलि एक दिन मतगणना स्थगित गरेर आराम गरिने निर्वाचन समितिले जनाएको छ। पर्सिदेखि पदाधिकारीको मतगणना सुरु हुने छ। कांग्रेस सभापतिमा पहिलो चरणमा कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको हो। सभापतिमा शेरबहादुर देउवा र डा। शेखर कोइराला प्रतिस्पर्धामा छन्।