बुधबार २८ कात्तिक, २०८१ | Wednesday, November 13, 2024

महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

काठमाडौं
महिलाको अश्लिल फोटो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइ ब्ल्याकमेल गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका–१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स्एप मार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।