शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सभापतिमा दोहोरिए शेरबहादुर देउवा

सभापतिमा दोहोरिए शेरबहादुर देउवा

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्।

मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२६ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्। शेखर कोइराले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका थिए।