शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रचण्डले भेटे देउवालाई

प्रचण्डले भेटे देउवालाई

काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले पुनः कांग्रेस सभापतिमा विजयी भएकामा बधाई दिँदै प्रधानमन्त्री देउवासँग समसामयिक विषयमा छलफल पनि गरेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच अवरुद्ध संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राष्ट्रिय मुद्दामा समाधानका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने विषयमा छलफल भएको हो।