शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

तीन हजार घुस लिने वडा सचिव रंगेहात पक्राउ

तीन हजार घुस लिने वडा सचिव रंगेहात पक्राउ

रुपन्देही
जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ को कार्यालयका वडा सचिव मोहम्मद सिद्धिक घुस लिँदा लिँदै पक्राउ परेका छन् । विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग उनले तीन हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरिएको आयोगका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।