शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस महाधिवेशनः खुला केन्द्रीय सदस्यको मतगणना आजदेखि

कांग्रेस महाधिवेशनः खुला केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं
सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य खुला तर्फ ३५ जनाको मतगणना सुरु हुँदैछ। मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ। खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको छ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति,दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि मतदाता चार हजार ७४३ रहेका छन्।