शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

संसद अवरोध नगरी संवादमा आउन एमालेलाई सर्वदलीय बैठकको आह्वान

संसद अवरोध नगरी संवादमा आउन एमालेलाई सर्वदलीय बैठकको आह्वान

काठमाडौं
प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आज यस्तो आह्वान गरेको हो । आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’