बुधबार २८ कात्तिक, २०८१ | Wednesday, November 13, 2024

होस्टलमा बस्ने बालकको लिंगमा रबर बाँधिदिएपछि…

होस्टलमा बस्ने बालकको लिंगमा रबर बाँधिदिएपछि…

काठमाडौं
पोखराको एक होस्टलमा बस्ने बालकलाई अमानवीय कार्य गरेको आरोपमा होस्टलकी वार्डेन पक्राउ परेकी छिन् । पाँचवर्षीय बालकको लिंगमा बाधिदिएको घटना बाहिरिएसँगै उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा होस्टल वार्डेन जानुका नेपाली हुन् । पोखरा महानगरपालिका–१५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुल होस्टलमा आश्रीत पाँच वर्षीय बालक रेमन बुढाको लिगंमा रबरले बाँधिदिएको भन्दै तीब्र आलोचना भईरहेको थियो ।

उनलाई मंगलबार नै नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। ओछ्यानमा पिसाब फेर्छ भनेर होस्टल वार्डेन नेपालीले ती बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन्। लिंगमा रबरले बाँधेकोबारे बुढाले अध्ययन गर्ने पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविका शिक्षकले थाहा पाएपछि रबर खोलिदिएका थिए। बालकको कपडा खोल्दा उनको लिंग रबरले बाँधिएको अवस्थामा नै थियो भने लिंगमा रबरको डाम थियो बालकको पेट फुल्लिएको थियो।

जानुकाले होस्टलमा रहेका छात्रको लिंग मात्र होईन छात्रालाई पनि यातना दिने गरेको श्रोतले बताएको छ। जसले पिसाब फेरेको हो उक्त छात्राको पिसाब फेर्ने गुप्ताङ्गमा मैनवत्ती बालेर झोसिदिने, मैनवत्तीको पग्लेको भाग झारिदिने गरेको पीडितको आरोप छ।