शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आफूविरुद्ध नारा जुलुस लाग्ने सूचना पाएपछि बिच बाटो बाटै फर्किए प्रचण्ड

आफूविरुद्ध नारा जुलुस लाग्ने सूचना पाएपछि बिच बाटो बाटै फर्किए प्रचण्ड

काठमाडौं
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक डाकिएको थियो । कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थिए ।

उनी कार्यक्रमका लागि खुमलटारबाट दिउँसो ४ बजे निस्केका थिए । बिच बाटोमा पुगेपछि कार्यक्रमस्थलको माहोल बिग्रेको मेसो पाए प्रचण्डले । माहोल विग्रेको कार्यक्रम स्थल पुगे उल्टै आफूविरुद्ध नाराबाजी चल्ने सूचना पाएपछि प्रचण्ड बीच बाटो बाटै निवास फर्किएको स्रोतले बतायो ।