शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका जालिम मियाँ एमालेमा

माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका जालिम मियाँ एमालेमा

काठमाडौं
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष जितेका मियाँ बुधबार पर्सामा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन्। उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा ९एमाले०ले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गरे।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव एवं प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहसहित केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु लगायत सहभागी थिए।