शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीको राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत

माओवादीको राष्ट्रिय सम्मेलन अब महाधिवेशनमा परिणत

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ । पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए । ऐतिहासिक महाधिवेशन नामाकरण गरिए पनि यसलाई कुन महाधिवेशन भन्ने टुंगो लागेको छैन । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।