अश्लिल भिडियो बनाउने युट्युबर पक्राउ
काठमाडौं
साथीभाई अनलाई टिभी नामक युट्युब च्यानल सञ्चालक पक्राउ परेका छन् । बाग्लुङ देविस्थान गाविस–३ हाल निसीखोला गाउँपालिका–१ पाखापानी स्थायी घर भई हाल काठमाडौं अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई साइबर ब्यूरोले पक्राउ गरेको हो ।
मल्लले उक्त च्यानल मार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरेकाले उनी पक्राउ परेको ब्यूरोका प्रवक्ता नविन्द अर्यालले बताए । उनी माथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर अनुसार अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया