शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति तोक्यो

कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति तोक्यो

काठमाडौं
सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्ला कांग्रेसको जिल्ला अधिवेशन भएको छैन। क्रियाशिल सदस्यता विवादका कारण ति जिल्लाहरुमा अधिवेशन हुन नसकेको हो।