शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि आज मंगलबारदेखि छलफल हुँदैछ । त्यसका लागि माओवादी केन्द्रले बन्त्रसत्रमा सोमबार २५ वटा समूह बनाएको थियो ।

प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ । छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।
सोमवारको बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले समाजवादी क्रान्तिको लागि नयाँ विचार निर्माण गरेका थिए ।

शान्ति प्रक्रियामा आएपछि वैचारिक र सांगठानिक रुपमा पार्टी कमजोर हुँदा प्रतिगामी तत्त्वले टाउको उठाउन खोजेको निष्कर्ष प्रचण्डको प्रतिवेदनमा छ । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि जनतामा जानुपर्ने प्रस्ताव गरेका छन् ।