शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीको स्थायी कमिटी बैठक शुरू

माओवादीको स्थायी कमिटी बैठक शुरू

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेश गर्ने प्रस्तावका विषयमा छलफल हुनेछ ।

त्यस्तै विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ । प्रचण्डको प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ । छलफल मंगलवार दिनभर चल्नेछ । माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारबाट शुरू भएको हो ।