शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नयाँ बसपार्कमा महिलामाथि पटक पटक सामूहिक बलात्कार

नयाँ बसपार्कमा महिलामाथि पटक पटक सामूहिक बलात्कार

काठमाडौं
एक महिलामाथि काठमाडौंको नयाँ बसपार्कमा सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो । परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

घटनामा संलग्न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए ।