शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन माथि आज २५ समूहले सुझाव दिने

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन माथि आज २५ समूहले सुझाव दिने

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा आज बुधबार २५ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव पेस गर्नेछन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा आज दिउँसो १ बजे २५ समूहबाट एक एक जना टोली नेताले समूहको निष्कर्षसहितको सुझाव वाचन गरेर सुनाउने भएका हुन्। त्यसका लागि हरेकलाई १५ मिनेट समय दिइएको छ। बन्दसत्र सञ्चालन गर्न यसअघि नै ७ सदस्यीय अध्यक्षमण्डल बनिसकेको छ।