शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

महाधिवेशन हलबाटै सबै पदाधिकारी चुन्न माग

महाधिवेशन हलबाटै सबै पदाधिकारी चुन्न माग

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको हलले नै पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले माग गरेका छन् । बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूह १४ की विमला केसीले पदाधिकारी हलबाटै चयन गर्न माग गरेकी हुन् ।

“विद्यार्थीलगायत कमिटीमा अध्यक्ष मात्रै घोषणा गरेर अरू पदाधिकारी चयन गर्न बाँकी राख्यौँ । त्यसले राम्रो सन्देश दिएन । माओवादीले पूर्ण रूपमा संगठनात्मक विधि बनाएन भन्ने आरोप लागिरहेको छ । अहिले पनि अध्यक्ष मात्रै चुनिएर हुँदैन । सबै पदाधिकारी हलबाटै चुनिनुपर्छ,” उनले निष्कर्ष सुनाउँदै भनिन् ।

माओवादीमा अहिले अध्यक्षबाहेक पदाधिकारी हाल थाती राख्ने र केन्द्रीय कमिटीले चयन गर्ने चर्चा छ । त्यस्तै, उक्त समूहले पार्टीमा नैतिकता, आचारसंहिताअनुसार पार्टी सदस्यहरू अघि बढे मात्र समाज परिवर्तन हुने सुझाव दिएको छ ।