शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

नेतृत्व चयन लोकतान्त्रिक तरिकाले हुन्छ– प्रचण्ड

नेतृत्व चयन लोकतान्त्रिक तरिकाले हुन्छ– प्रचण्ड

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका छन् । बुधबार आठौं महाधिवेशन अन्तर्गतको बन्द सत्र कार्यक्रमबाट बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिँदै प्रचण्डले भने – ‘राम्रोसँग, एकदम लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुन्छ।’

हिजो दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल भएको थियो । आज ११ समूहले समूहगत छलफलको निष्कर्ष सुनाएका थिए । भोलि बाँकी १४ समूहले निष्कर्ष सुनाएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।