शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नयाँ बसपार्क मास रेपः सीसी क्यामराले सघायो

नयाँ बसपार्क मास रेपः सीसी क्यामराले सघायो

काठमाडौं
नयाँ बसपार्कमा भएको सामुहिक बलत्कार घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। मंगलवार अन्दाजी ३२ वर्षीया महिलालाई बलत्कार भएको उजुरी परेपछि प्रहरी अभियुक्तको खोजी गरेको थियो।

मंगलवार नै बसपार्कको विभिन्न स्थानबाट सात जना र आज बिहान एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने– ‘हामीले अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ ।’

बलात्कार भएको भनिएकी महिला सुर्खेतबाट काम खोज्न भन्दै काठमाडौं आएको खुलेको छ। पीडित महिलाको उजुरी परेपछि सीसी क्यामरा फुटेजको सहयोगमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो। घटनामा संलग्न थप एक जनाको खोजी भइरहेको छ।