शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी महाधिवेशनः आज प्रतिवेदनमाथि निष्कर्ष सुनाउने

माओवादी महाधिवेशनः आज प्रतिवेदनमाथि निष्कर्ष सुनाउने

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘विधान मस्यौदा पारित भएलगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुन्छ, हामी भोटिङको लागि तयारी अवस्थामा छौं ।’