शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रतिवेदनमाथि उठेका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने

प्रतिवेदनमाथि उठेका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको समूहगत सुझाव पेस गर्ने क्रम बिहीबार सकिएको हो।

आज दिउँसो १ बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवम् छलफल गर्ने कार्यक्रम रहेको छ। शुक्रवार तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

राजनीतिक प्रतिवेदनमाथिको सुझावमा मुख्यतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विचारको संश्लेषण, नेतृत्व केन्द्रीकरण लगायत विषय उठेको र यसका कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने विषयमा छलफल भएको छ।

आज अध्यक्षको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने र महाधिवेशन समापन गर्ने कार्यक्रम रहेको छ। यसअघि बिहीबारै समापन गर्ने भनिए पनि एक दिन थपिएको थियो।