शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रले आज नेतृत्व चयन गर्दै

माओवादी केन्द्रले आज नेतृत्व चयन गर्दै

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गतको बन्दसत्र आज पनि चल्ने छ। आज विहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ।

बन्दसत्रमा सुरुमा विधान मस्यौदा पारित गर्न कार्यक्रम रहेको छ। विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि पारित गर्ने कार्यसूची रहेको माओवादीले जनाएको छ। विधान पारित भएपछि नेतृत्व चयनको विषय बन्दसत्रमा प्रवेश पाउने छ।

माओवादीमा १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयनको व्यवस्था छ। माओवादी यसपटकदेखि १५ सदस्यीय पदाधिकारीको व्यवस्थामा गएको हो। अध्यक्षमा पुष्पकमल दाहाल ुप्रचणडु नै दोहोरीन पक्कापक्की छ। अरु कोही नताले पनि अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छैनन्। माओवादीमा सबैभन्दा पेचिलो महासचिव पदको व्यवस्थापन रहेको छ। महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसालको दाबेदारी छ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ। यसअघि शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित भएको छ।