शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राजनीतिमा महिलाको सहभागिता बढ्दोः प्रधानमन्त्री देउवा

राजनीतिमा महिलाको सहभागिता बढ्दोः प्रधानमन्त्री देउवा

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ ।

अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।’यस्तै देउवाले कांग्रेसले संविधानको व्यवस्था अनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए । ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।’