शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बिहे गर्छु् भन्दै फकाएर महिलालाई भारत पुर्‍याउने लामिछाने २९ वर्षपछि पक्राउ

बिहे गर्छु् भन्दै फकाएर महिलालाई भारत पुर्‍याउने लामिछाने २९ वर्षपछि पक्राउ

काठमाडौं
मानव बेचविखनमा संलग्न भएको फरार प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि समातेको छ । नुवाकोट सूर्यगढी–२ ठेगाना भएका ५० वर्षीय टेक बहादुर लामिछानेलाई प्रहरीले काठमाडौं तारकेश्वर–४ लोलाङ हाईटबाट पक्राउ गरेको हो।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने एक महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दुःख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्याएका थिए ।

उनले त्यहाँ २ जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि ती महिला बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।