शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

माओवादी केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।

बैठकले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । सोही कमिटीले आज पदाधिकारी चयन गर्नेछ ।