शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एकीकृत समाजवादीले बोलायो बैठक

एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न बैठक बोलाएको छ । सत्ता गठबन्धनबीच बालुवाटारमा १६ सिट बाँडफाँडपछि सो पार्टीले आफ्नो भागमा परेका ५ सिटका लागि उम्मेदवार छान्न बैठक बोलाएको हो ।

महासचिव डा। बेदुराम भुसालका अनुसार सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी छ । महासचिव भुसालले सोमबार बैठक बसेर नाम टुङ्ग्याउने जानकारी दिएपनि बैठक बस्ने समय र स्थान भने खुलाउन चाहेनन् ।

सत्ता गठबन्धनबीच एकीकृत समाजवादीले २ नम्बर र गण्डकी प्रदेशबाहेकमा उम्मेदवारी दिनेछ । त्यस्तै सो पार्टीबाट १ पुरुष र ४ महिला उम्मेदवार बनाउन लागेको बुझिएको छ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।