शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु नेताहरूसँगको छलफलपछि उम्मेदवारको नाम टुंगो लगाएका हुन्।

माओवादी केन्द्रले प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा अन्यबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार चयन भएका छन्। यस्तै कर्णालीमा अपांगबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलितबाट जगत पार्की उम्मेदवार बन्ने भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए।

सोमबार बसेको माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो। १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।